Logo

ओली-मोदी वार्ताको स्वागत गर्दै थापाले भने : अब सिमा विवाद समाधान गर्ने बाटो खुल्यो



काठमाडौं, ३१ साउन । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको आजको टेलिफोन वार्तालाई स्वागत गरेका छन् । उनले लामो समयदेखिको सम्वादहीनता अन्त्य हुनु सकारात्मक भएको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले दुई देशका प्रधानमन्त्रीबीच यसरी सम्वाद हुनुलाई सकारात्मक र स्वागतयोग्य बताउँदै अब सिमा विवादलगायत छिपक्षीय हितका सबै विषय समाधान गर्ने वार्ताको बाटो खुलेको पनि बताएका छन् । थापाले लेखेका छन्,’भारतीय स्वतन्त्रता दिवस कै सन्दर्भमा भएपनि लामो समय देखिको सम्वादहीनता अन्तगर्दै प्रम @kpsharmaoli  र भारतीय प्रम @narendramodi  का बिच टेलिफोन मार्फत शुभकामना आदानप्रदान हुनु सकारात्मक/स्वागतयोग्य हो।अब सिमा विवाद लगायत द्विपक्षीय हितका सबै बिषय समाधान गर्ने वार्ताको बाटो खुलेको छ ” 

ओली-मोदीबीच कुराकानी, अर्थपूर्ण द्धिपक्षीय सहकार्यको अपेक्षा (परराष्ट्रको विज्ञप्तीसहित)



प्रतिक्रिया दिनुहोस्