Logo

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वारटरफाइनलबाट बाहिरियो



एजेन्सी, ३२ साउन । लियोनसँग पराजित हुँदै इंग्लिस फुटबल टिम म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । गएराति भएको खेलमा लियोनले ३-१ को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

यसअघि रोनाल्डोको टोली जुभेन्टसमाथि जित निकालेर उत्साही भएको लियोनले लयलाई निरन्तरता दियो । सिटीका खेलाडीले मौका गुमाउँदा जित पक्का गर्यो ।

लियोनले पहिलो हाफमा कर्नेटको गोलबाट अग्रता लिएको थियो । तर, डि ब्रुनीले गोल गरी बराबरी बनाए । तर, खेलको बाँकी दश मिनेटमा दुई गोल गर्दै लियोनले सानदार जित निकालेको थियो ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्