Logo

कनकमणि दिक्षितले भने : ‘म बाबुरामलाई ‘भारूराम’ कहिल्यै भन्दिन’



काठमाडौं, ३२ साउन । नागरिक समाजका अगुवा तथा पत्रकार कनकमणि दिक्षितले आफूलाई डलरमणि भन्ने व्यक्ति नै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भएको बताएका छन् । डेकेन्द्र थापाको हत्याविरुद्ध बोल्न पत्रकार टोलीसहित दैलेख पुग्दा बाबुरामले सुर्खेतमा आफूलाई डलरमणि भन्दै भाषण दिएको पनि दिक्षितले स्मरण गराएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत दिक्षितले लेखेका छन्,‘हो,मलाई ‘डलरमणि’ भन्ने बाबूरामनै हुन, डेकेन्द्र थापाको हत्या बिरुद्ध बोल्न पत्रकार टोली सहित दैलेख पुग्दा, बराभ ले सुर्खेतमा यसो भन्दै भाषण दिएका । तर, जे होलान नहोलान, म उनलाई ‘भारूराम’ कहिल्यै भन्दिन । :-)’

यसअघि बाबुरामले यस्तो लेखेका थिए,‘जताबाट पनि ओली महेन्द्र/रायमाझी पथमा उद्यत देखिन्छन् है:१.पहाडी खसआर्य अहंकारवादलाई नेपाली राष्ट्रवादको रूपमा प्रस्तुती;२.हिन्दु धर्मभीरू जनमत बटुल्न अयोध्या/राममन्दिर बखेडा;३.संसद/अदालत/सेना/अख्तियार कब्जा;४.यति//भट्ट इ. मार्फत क्रोनी क्यापिटालिज्म;५.’दशरथ/डलरमणि’ मार्फत मिडिया!’



प्रतिक्रिया दिनुहोस्