काठमाडौं, ३२ साउन । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४ पुगेको छ । आज थप दुईजनाको मृत्यु भएसँगै संक्रमित संख्या बढेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा र मोरङमा एक एक जनाको मृत्यु भएको पुष्टि गरे । मृतकमा पर्साका एक पुरुष र मोरङका एक महिला छन् । उनीहरु दुवैको आज मृत्यु भएको डा. गौतमले जानकारी दिए ।
देशमा दिनहुँ कोरोना संक्रमणबाट मृतकको संख्या थपिइरहँदा आज थप दुईजनाको मृत्यु पुष्टि भएको हो ।
मृतकको विवरण
१. पर्सा जिल्लाका एक पुरुष । ३२ साउनमा मृत्यु भएका । स्वास्थ्य मन्त्रालयले ३२ साउनमा पुष्टि गरेको
२. मोरङ जिल्लाकी एक महिला ३२ साउनमा मृत्यु भएका । स्वास्थ्य मन्त्रालयले ३२ साउनमा पुष्टि गरेको




प्रतिक्रिया