Logo

छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ



प्युठान, १ भाद्र । आमालाई भगवानको रुप भनिन्छ तर त्यहि आमाले राक्षसको रुप धारण गरेर आफ्नै छोरीको हत्या गरेकी छिन् । आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका डाँडागाउँकी माया अधिकारीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

छोरीको हत्या गरेकी अधिकारीलाई प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्