Logo

भगवान विष्णुको कल्की अवतारको जन्म कहाँ हुनेछ



यदि तपाईंले हिन्दु शास्त्रको अध्ययन गर्नुभएको छ भने पक्कैपनि भगवान विष्णुको दशौं अवतारको बारेमा केही जानकारी पाउनु भएकै होला । जसमध्ये ९ अवतारले जन्म लिई सकेका छन् तर भगवानको दशौ रुप अर्थात् अन्तिम अवतारले जन्म लिन बाँकी नै छ । तपाइँलाई लाग्न सक्छ कुन स्थानमा कसरी भगवानले जन्म लिने होलान् । उनको नाम के होला भन्ने हामी मध्ये कतिलाई जिज्ञासा छ आज हामी सबैको जिज्ञासा रहेको विषयको चर्चा गर्छौ ।

भागवद्मा गीतामा श्रीकृष्णले भनेका छन् जब जब धर्मको हानी हुन्छ र अधर्म र पापको बोलवाला हुन्छ । तब तब धर्मको स्थापनाको लागि मैंले अवतार लिन्छु । भगवानको यही वचन अनुसार जब पापको आतंक बढ्छ तब मानिसलाई यसबाट बचाउनको लागि भगवानले अवतार लिन्छन् र पापको अन्त्य गर्नेछन् ।

शास्त्रमा उल्लेख भए अनुसार विष्णुले दस अवतार लिईसकेका छन् तर भगवानको अन्तिम अवतारको जन्म भने लिन बाँकी छ । श्रीमद्भागवत् पुराणको अनुसार बाह्रौ स्कन्दमा लेखिएको अनुसार अन्तिम अवतार कलियुग र सत्ययुगको बीचमा हुनेछ जसलाई सन्धिकाल भनिन्छ ।

विष्णुले यो स्थानमा जन्म लिनेछन्

श्रीमद्धागवत गीता, स्कन्द पुराण र कल्की पुराणलाई मान्ने हो भने भगवान विष्णुको अन्तिम अवतार उत्तर प्रदेशमा गंगा र रामगंगाको बीचको मुरादाबादको संभल गाउँमा जन्म लिनेछन् । उक्त स्थानलाई पितल नगरीको नामले चिनिन्छ ।

उक्त स्थानमा धेरै मात्रामा पितलको काम हुन्छ । शास्त्र अनुसार उक्त गाउँमा ६८ तीर्थका वास भएको कारण बिष्णुले जन्म उक्त स्थानमा लिनेछन् । शास्त्रमा उल्लेख भएअनुसार संभलमा विष्णु यश नामका विष्णु भक्तको घरमा भगवानको कल्कि अवतार लिनेछन् । भगवान विष्णुले कल्की अवतार लिने बारेमा हिन्दु धर्म मात्र नभएर बौद्ध धर्म र सिख धर्ममा पनि बताइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्