Logo

कोरोना संक्रमितलाई मोटोपन खतरा



काठमाडौं, भदौ २ । बढी मोटोपनले मानिसको स्वास्थ्यलाई सधैं जोखिममा राख्छ । मधुमेह, मुटु रोग, क्यान्सरजस्ता रोगका लागि घातक मानिने मोटोपन कोभिड–१९ संक्रमितका लागि पनि खतरनाक हुने विभिन्न अध्ययनले देखाएका छन् ।

कोभिड–१९ उपचारमा संलग्न नेपाली चिकित्सकले मोटोपन बढी वजन भएका संक्रमितलाई निको हुन गाह्रो हुने भएकाले त्यसलाई कम गर्न ध्यान दिनुपर्ने सुझाएका छन् । विशेषगरी लकडाउनका बेला व्यायामको कमी र घरमै बसेर खाना खाइरहँदा मोटोपन झन् बढेको तर्क उनीहरूको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमित र यसबाट मृत्यु भइसकेकामा मोटोपनको असरबारे प्रामाणिक अध्ययन भने भएको छैन । अत्यधिक संक्रमित युवा र आप्रवासी कामदार भएकाले मोटोपनको समस्या नदेखिए पनि महामारी समुदायमा फैलँदा यो समस्या ठूलो हँुदै जाने देखिएको छ ।

सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकाशन गरेको ‘नसर्ने रोगको जनसंख्यागत व्याप्ति’ नामक एक अध्ययन प्रतिवेदनअनुसार नेपालमा २३।५ प्रतिशत जनसंख्यामा अधिक तौल अर्थात् ‘ओभरवेट’ छ भने अधिक मोटोपन अर्थात् ‘ओबेसेटी’ रहेको जनसंख्या ७।२ प्रतिशत छ ।

यी दुवैको आँकलन बडी मास इन्डेक्स (बिएमआई) का आधारमा गरिन्छ । मानिसको तौल र उचाइलाई हिसाब गरेर बिएमआई निकालिन्छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्