Logo

निर्मला पन्तको हत्यारालाई कारबाही गरेरै छाड्छौं : मन्त्री शाह (भिडिओसहित)



काठमाडौं, २ भदौ । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् नेकपाका युवा नेता प्रकाश बहादुर शाहले निर्मला पन्तको हत्यारालाई कानूनी कारबाहीमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पीडितको घरमा आफू नै पहिलो पटक पुगेको पनि बताए । उनले आफूहरुलाई ऐन, कानून पनि ढिला गएको गुनासो पोखे । उनले भने,‘हामी जेनरल विदाउट ट्रुप्स भयौं ।’ उनले निर्मलाको हत्यारालाई कारबाही गरेरै छाड्ने पनि विश्वास दिलाए । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘विशेष कुराकानी’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ मन्त्री शाहसँग गरिएको कुराकानीको पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्