Logo

प्रहरीलाई ओलीको सुझाव



काठमाडौं, २ भदौ । गत वर्ष प्रहरीले २४ असोजमा प्रहरी दिवस मनायो । प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमको प्रमुख अतिथि थिए ।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले एउटा महत्वपूर्ण कुरा उठाए । जुन प्रहरी अधिकारीले खासै ख्याल गरेका थिएनन् । ओलीले प्रहरी दिवस भव्य र उल्लासपूर्ण रुपमा मनाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अमर प्रहरी दिवस र प्रहरी दिवस छुट्टाछुट्टै मनाउने व्यवस्था गर्न पनि आग्रह गरेका थिए । उनले दुवै दिवस एकै दिन मनाउँदा ‘बधाई दिने कि समवेदना दिने’ भन्ने अप्ठ्यारो स्थिति सिर्जना भएको उनको भनाइ थियो ।

जुन विषय प्रहरीमा चर्चाको विषय बन्यो । यो वर्ष प्रहरीले प्रधानमन्त्री ओलीको त्यो सुझावलाई कार्यान्वायनमा लैजाने भएको छ । गत साता बसेको प्रहरीको नीति निर्माण समितिको बैठकले अमर प्रहरी दिवस र प्रहरी दिवस फरक–फरक दिनमा मनाउने निर्णय गरेको छ । एकै दिन मनाउँदा प्रहरी दिवसमा अमर प्रहरीका परिवारको सधैँ रुवाबासी हुने गरेको थियो । खुशीयालीका रुपमा मनाइने प्रहरी दिवसमा रुवाबासी हुँदा कार्यक्रम नै खल्लो हुने गरेको थियो ।

साथै सोही पिसिसी बैठकले यसअघि प्रहरी महानिरीक्षकमा केन्द्रीत रहेका अधिकार एआईजीहरुलाई दिइएको छ । विभिन्न महाशाखाहरु कार्य तथा अपराध अनुसन्धान र प्रशासन तथा मानव स्रोत विकास विभागमा दिइएको छ । सामूहिक नेतृत्वमा संगठन चलाउने नीतिअनुसार प्रहरी महानिरीक्षक शैलेश थापाले जिम्मेवारी विकेन्द्रीत गरेका हुन् ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्