Logo

प्रदेश सरकारलाई चौधरी फाउण्डेसनद्वारा भेन्टिलेटर हस्तान्तरण



विराटनगर, २ भदौ: प्रदेश नं १ सरकारलाई चौधरी ग्रुपअन्तर्गतको सामाजिक संस्था चौधरी फाउण्डेसनले आज यहाँ पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका वरिष्ठ प्रबन्धक रामजी कटुवालले एक थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरे ।

त्यस अवसरमा मन्त्री घिमिरेले कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साधन सम्पन्न गरी लक्षण देखिएका बिरामीको उपचार गरिने तथा अन्यको स्थानीयस्तरकै आइसोलेसनमा राख्ने व्यवस्थापन मिलाइएको बताए । उनले सङ्क्रमण भएको स्थानमा लक्षित समूहको पिसीआर परीक्षण गर्नेगरी प्राथमिकता निर्धारण गरिएको उल्लेख गरे । मन्त्री घिमिरेले कोभिड–१९ नियन्त्रण सरकारबाट मात्रै सम्भव नभएकाले सबैको सहाकार्यबाट नै यसको रोकथाम गर्न सकिनेछ भने ।

चौधरी फाउण्डेसनका प्रबन्धक कट्वालले देशभरि आठ वटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिँदै फाउण्डेसनले आगामी दिनमा स्वास्थ्य उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने बताए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्