काठमाडौं, २ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले ६ सदस्यीय कार्यदल गठन गरेपछि विवाद समाधान हुने विश्वास नेताहरुले लिएका छन् । महासचिव विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलले कामपनि थालिसकेको छ । उक्त कार्यदलले सचिवालयलाई चाँडै प्रतिवेदन दिने तयारी गरेको छ । असारदेखि जारी नेकपा विवाद कार्यदल गठन गरेसँगै मत्थर भएको मानिएको छ ।
नेकपाभित्र सहमतिको खाका बनेलगत्तै मन्त्रीमण्डल पुर्नगठन हुने, को को बन्लान् मन्त्री
तर, उपाध्यक्ष वामदेव गौतमले हिजो (सोमबार) बसेको सचिवालय बैठकमा कार्यदलको औचित्यमाथि नै प्रश्न उठाएका थिए । उनले सचिवालय निकम्मा भएको हो र ? भन्ने प्रश्नसमेत अध्यक्षद्धयसामू उठाएको एक नेताले जानकारी दिएका छन् । उपाध्यक्ष गौतममात्रै होईन, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालपनि कार्यदल गठन गरिएकोमा अध्यक्षद्धयसँग असन्तुष्ट छन् । खनाल र नेपालले त अध्यक्ष दाहाललाई भेटेरै के गर्न खोजेको ? भनेर विरोध जनाएको भन्ने कुरा बाहिर आएको थियो ।
संयोजक विष्णु पौडेलबाहेक नेकपा कार्यदलका पाँच जना नै मन्त्री बन्ने !
नेकपामा महाधिवेशनमा जाँदा सहमतिबाट प्रतिनिधि चयन हुनुपर्ने पूर्व माओवादीको प्रस्ताव
ओली–दाहालको सहमतिमा कार्यदल गठन गरिएपनि कार्यदलमा वरिष्ठ नेता नेपाल समूहबाट पनि दुई जना स्थायी कमिटी सदस्यहरु सहभागी छन् । उनीहरु दुवै जना यसअघि अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट ओलीले राजीनामा दिनुपर्छ भन्ने अडान राख्ने र बोल्ने नेताहरु हुन् । नेता नेपाल समूहको प्रतिनिधित्व गर्ने भीम रावल र सुरेन्द्र पाण्डे दुवै जना मन्त्री बन्नेपनि हल्ला चलेको छ । उनीहरु स्वयमले भने यो हल्लामात्रै भएको स्पष्ट पारिसकेका छन् ।
ओलीले मन्त्री पदको चारो फालेपछि विरोधी समुह तितरबितर
नेकपा स्रोतकाअनुसार पछिल्लो समय नेता रावलले ओलीको विरोध गर्न छोड्नुको कारण उनी राम्रो मन्त्रालयको नेतृत्व गर्नेगरि ओली नेतृत्वको क्याविनेटमा सहभागी हुँदैछन् । अध्यक्षद्धय ओली र दाहालबीच मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे पनि भद्र सहमति भएको छ । दुई वर्ष अवधि पूरा गरेका मन्त्रीहरुलाई विदाई गर्ने ओलीको तयारी छ । मन्त्रिमण्डल पूनर्गठन गर्दा ओली, दाहाल र नेपालको प्रतिनिधित्व हुनेगरि गरिने भएको छ । नेपाल समूहबाट रावलसँगै सुरेन्द्र पाण्डेपनि मन्त्री बन्ने सम्भावना छ ।
बामदेव र नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी
कार्यदल किन बनाएको भन्दै ओली र प्रचण्डमाथि यसरी जंगिए बामदेव
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलाले ‘प्रधानमन्त्री केपी शर्मा ओली सफल हुनुभयो । उहाँको दुवै पद रहने भयो । प्रधानमन्त्रीमा पनि के।पी। शर्मा ओली ५ वर्ष, पार्टी अध्यक्षमा महाधिवेशन नहुञ्जेलसम्म । त्यसमा सहमति भएको हो नि त ? खुलस्त भनिदिनुहोस न ?’ भनेर सोधेका प्रश्नमा नेता रावलले भनेका थिए,‘यी सबै कुराहरूमा स्थायी कमिटिले निर्णय गर्ला । यो कुनै व्यक्तिको सफलता, असफलतासँग हामी धेरै चिन्तित होइनौँ । हामी चिन्तित हौँ, यो राष्ट्र, पार्टी, नेपाली जनताको सफलता, असफलतासँग । त्यसलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । हामी द्वन्द्ववादमा विश्वास राख्ने कम्युनिष्टहरू हौँ । मतभेद, अन्तरविरोध हुँदै हुँदैन भन्ने कुरा हुँदैन । मूलभूत रूपमा देश र जनताको सर्वोपरि हितलाई केन्द्रविन्दुमा राखेर हामी अगाडि बढ्छौँ ।’
कार्यदलमा ओली समूहबाट संयोजक पौडेलसँगै स्थायी कमिटी सदस्य शंकर पोखरेल, दाहाल समूहबाट जनार्दन शर्मा र पम्फा भुषाल, र नेपाल समूहबाट भीम रावल र सुरेन्द्र पाण्डे छन् । कार्यदलका संयोजक पौडेलबाहेक सबै सदस्य मन्त्री बन्ने पनि चर्चा छ । FILE PHOTO




प्रतिक्रिया