बाढीले बगाएका १७ मध्ये ६ जनाको शव भेटियो (तस्विरसहित)


अछाम, भदौ ३ । अछामको रामारोशन गाउँपालिकाका कैलाशखोलाले बगाएर वेपत्ता भएका १७ जना मध्ये ६ जनाको शव भेटिएको छ ।

अबिरल वर्षासँगै मंगलबार रातिको आएको बाढीले गाउँपालिकाको वडा नम्बर ५ सैनिबजारका पसल बगाउँदा १७ जना वेपत्ता भएका थिए । मृतक ६ जनाको शव जिल्लाका विभिन्न स्थानमा फेला परेको प्रहरीले जनाएको छ ।

वेपत्ता अन्यको खोजीकार्य जारी छ । जिल्ला सदरमुकामबाट झण्डै ७ घण्टा पैदल हिडेर लाग्ने भएकाले उद्धारका लागि पहल भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए।