चार महिलासहित छ जना कोरोना भाइरस संक्रमितको मृत्यु पुष्टि


काठमाडौं, ३ भाद्र । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय २० पुगेको छ । आज देशभर छ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चार महिला र दुई पुरुषको संक्रमणबाट मृत्यु भएको जानकारी दिएको हो । मृत्यु हुनेहरुमा काठमाडौं र बर्दियाका एक-एक पुरुष, भक्तपुर, चितवन, मोरङ र सुनसरीका एक-एकजना महिला छन् ।

आज थपिएका मृतकसहित देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ९२ पुरुष र २८ महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।