काठमाडौं, ३ भदौ । बानेश्वर शान्तिनगरस्थित् ग्लेसियर इन्टरनेसनल स्कुल एबं कलेजले नेपाली सिने जगतका चर्चित अभिनेता बिपिन कार्कीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ।छड्के, जात्रा, जात्रै जात्रा, गोपी, सेल्फी किङ, पशुपतिप्रसाद जस्ता चर्चित चलचित्रहरुमा आफ्नो अब्बल अभिनयका साथ दर्शकमाझ लोकप्रिय अभिनेता बिपिन कार्कीलाई भाद्र १ गतेदेखि लागू हुने गरि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको कलेज तथा स्कूल व्यवस्थापक समितिले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

कलेजका प्रिन्सिपल दिवश शाक्यले शिक्षा क्षेत्रमा मनोरञ्जन र कला क्षेत्रलाई पनि जोड्नुपर्ने आवश्यकत्ता औल्याउँदै नायक कार्कीले आफ्नो भूमिका खरो रुपमा निभाउने विश्वास दिलाएका थिए । उनले नायक कार्कीलाई ब्राण्ड एम्बेस्डर बनाउन पाउनु स्कुल एवं कलेजको लागि पनि गौरवको विषय भएको बताए । शाक्यले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गर्दा मारमा परेका पत्रकारका पाँच जना छोराछोरी र कलाकारका पाँच जना छोराछोरीलाई निःशुल्क पढाईनेपनि जानकारी दिएका थिए ।
कार्यक्रममा एशोसिएट प्रोफेसर सरोज मिश्रले फिल्म एक्टरहरुको फलोअर्स धेरै हुने सुनाउँदै नायक कार्कीले सही कुरालाई सही र गलत कुरालाई गलत भनेरस्कूल तथा कलेज व्यवस्थापनलाई सल्लाहसुझाव दिनुपर्ने बताए ।

कार्यक्रममा नायक कार्कीले कलेजको ब्राण्ड एम्बेस्डर बन्न पाएकोमा खुशी व्यक्त गरे । र, उनले शिक्षा क्षेत्रमा कला क्षेत्रलाई सम्मान गरिएको महशुस भएको पनि बताएका थिए ।
कार्यक्रमको सभापतित्व स्कुल तथा कलेज सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार विष्टले गरेका थिए भने कार्यक्रमको सञ्चालन कलेजका भाईस प्रिन्सिपल रेगन प्रसाईले गरेका थिए । स्कुल तथा कलेजको ब्राण्ड एम्बेस्डरको भूमिका रहने नायक कार्कीले विद्यार्थीहरुको क्षमता अभिवृद्धि र उनीहरुको हौसला बढाउने भूमिका निर्वाह गर्नेपनि व्यवस्थापक समितिले विश्वास लिएको छ ।
यस्तो छ कलेजले जारी गरेको विज्ञप्ती
मिति : २०७७-५-३
प्रेस विज्ञप्ती
ग्लेसियर इन्टरनेसनल स्कुल एबं कलेजको ब्राण्ड एम्बेसडरमा अभिनेता बिपिन कार्की
शैक्षिक क्षेत्रमा लामो समयदेखि अनवरत रूपमा सेवा दिँदै आएको शान्तिनगर, बानेश्वरस्थित यस ग्लेसियर इन्टरनेसनल स्कुल एबं कलेजले नेपाली सिने जगतका चर्चित अभिनेता बिपिन कार्कीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। छड्के, जात्रा, जात्रै जात्रा, गोपी, सेल्फी किङ, पशुपतिप्रसाद जस्ता चर्चित चलचित्रहरुमा आफ्नो अब्बल अभिनयका साथ दर्शक माझ लोकप्रिय अभिनेता बिपिन कार्कीलाई भाद्र १ गते देखि लागू हुने गरि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो।
बिपिन कार्की जस्ता प्रतिभाशाली एबं उच्च कोटीका कलाकार हामीसंग जोडिनुभएकोमा अत्यन्तै गौरबको अनुभव गरिरहेका छौं । बिपिन कार्की जस्ता कलाकारको अभिनयले असंख्य नेपालीले मनोरञ्जन त प्राप्त गर्दछन् नै, उहाँ जस्ता प्रतिभालाई समाजले आफ्नो आदर्शका रुपमा पनि स्वीकारेका हुन्छ्न् । बिपिन कार्कीलाई हाम्रो अभिन्न अंङ्ग बनाउनुलाई हाम्रो ब्यापारिक रणनीति मानिएला । निश्चय पनि यो कदम हाम्रो ब्यावसायीक रणनीतिको एउटा हिस्सा हो । तर हामी कार्कीलाई फगत हाम्रो ’स्कृप्ट पढिदिने सुगा’ बनाउन गइरहेका छैनौ । हामी चाहन्छौ (ब्राण्ड एम्बासडरका रुपमा हाम्रो ब्राण्डको अर्थात ग्लेसियर इन्टरनेशनल स्कुल एबं कलेजको सहि एबं यथार्थ सूचना नेपाली जनमानसमा पुर्याउनु होस् । हाम्रा कमी कमजोरीहरू औंल्याउन उहाँलाई पूरा स्वतन्त्रता छ ।
हाम्रो संस्थाको उद्देश्य शिक्षाका साथसाथै अतिरिक्त क्रियाकलाप, खेलकूद र कलाकारितालाई विशेष प्राथमिकतामा राख्नु पनि हो । बिद्यार्थीको बहुमुखी प्रतिभालाई उजागर गर्नु हाम्रो अन्तिम लक्ष हो । तसर्थ भबिश्यमा पनि कलाकारिता र खेलजस्ता क्षेत्रसंग निरन्तर सहयोग जारी राख्छौं ।
२०५१ सालमा स्थापना भएको ग्लेसियर इन्टरनेसनल स्कुलले २०६६ साल देखि प्लस टू मा विज्ञान, ब्यवस्थापन र मानविकी संकायमा शिक्षा प्रदान गर्दै आएको छ। हाल, त्रिभुवन विश्वविधालय अन्तर्गतको बि.बि.यस. को कक्षा पनि चलाउँदै आएको ग्लेसियरले मोन्टेस्सोरी शिक्षालाई ब्यवस्थित र ब्यवहारिक बनाउने उदेश्यका साथ भारत स्थित हैदराबाद को आइरिस फ्लोरेट्सको फ्रान्चाइज अन्तर्गतको शिक्षा पनि प्रदान गर्दै आएको छ। निकट भबिश्यमा ब्यबस्थापनमा स्नातकोत्तर तहको कक्षाहरू पनि संचालन गर्ने हाम्रो योजना छ ।
दिवश शाक्य
प्राचार्य ग्लेसियर इन्टरनेशनल स्कुल एबं कलेज




प्रतिक्रिया