Logo

बाढीले बेपत्तामध्ये तीनको सनाखत



डोटी, ३ भदौ: गएराति अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सनाखत भएकामा रामारोसन –५ बस्ने वर्ष १५ का रोसन साउद, सोही वडा बस्ने वर्ष ३३ की गौरी शाह र वर्ष ४८ का चन्द्र साउद छन् । शव भेटिएका अन्य तीन जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बगेर बेपत्ता भएकाको खोजीका लागि आज दिउँसोदेखि नेपाली सेनाको एआइ १७ नामक हेलिकप्टर परिचालन भएको छ । गए राति कैलाश खोलामा आएको बाढीले सैनीबजारमा रहेका ३० पसलसहित १७ जना बगाएको थियो । खोलामा अहिलेसम्म पनि ठूलो बाढी भएका कारण खोजीमा निकै समस्या हुँदै आएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्