Logo

उपवास बस्दा भात खान नहुने वैज्ञानिक कारण



हिन्दु धर्म अनुसार व्रत वा उपवास बस्ने चलन छ । उपवासको क्रममा भात खान मनाहि गरिएको छ । उपवासमा मानिसहरु फलफुल, दुध, मिठाईको सेवन गरेर गुर्जाछन् । व्रत बस्दा किन मानिसहरुले भात खाँदैनन् ? वा किन भात खानु हुँदैन जस्ता प्रश्न मनमा आउन सक्छ । आज हामी भात खान नहुने वैज्ञानिक कारण सहित चर्चा गर्छौ ।

धार्मिक कारण अनुसार जब हामी अन्न खान्छौ तब हाम्रो पेट पुरै भरिन्छ, शरीरलाई आराम हुन जान्छ र मानिसलाई सन्तुष्टि मिल्छ । व्रत एक किसीमको संकल्प हो । यसमा आफ्नो इच्छालाई त्याग गरेर भगवानलाई प्रसन्न बनाइन्छ । खाने पिउने चिजलाई हटाएर पुजामा केन्द्रित गर्नलाई यसो गरिएको हो । यसैले व्रतको दिन फलफुलको सेवन गरिन्छ ।

अन्नमा यस्तो तत्व हुन्छ जसले शरीरमा आलस्य उत्पन्न गराई निन्द्रा पैदा हुन्छ । जब हामीलाई निन्द्रा आएमा भगवान प्रति ध्यान केन्द्रित गर्न सक्दैनौ । सायद यही कारण उपवास बस्ने परम्पराको शुरुवात हुन गएको हो ।

विज्ञानले डायजेस्टिव सिस्टमले आराम गर्नको लागि सातामा एक दिन खाना नखादा राम्रो हुने बताएको छ । एकदिन खाना नखाँदा शरीरबाट टाक्सिन्स बाहिर निस्कन्छ र हामी स्वस्थ्य रहन्छौ । व्रतमा हामी सकेसम्म नखाने खानै परे एक छाक खादाँ राम्रो हुन्छ । हल्का भोजन गरेमा कब्जीयत, ग्यास, अजिर्ण, सिरदर्द जस्ता केही रोगहरु हट्न सक्छन् । व्रत बसेको दिनमा शरीरलाई आराम मिल्छ । यसैले कहिले काँही बस्दा लाभ पुग्छ, तर यसले कमजोरी बनाउन पनि सक्छ जसले हाम्रोे स्वास्थ्थमा हानी पनि पुग्न सक्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्