Logo

नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह उदाउँदो सूर्य



काठमाडौँ, ४ भाद्र। नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी नेकपा एमाले निर्वाचन आयोगमा बुधबार विधिवत दर्ता भएको छ । यसअघि सो दलको निवेदनलाई लिएर नेकपा भित्र विवाद चुलिएको थियो । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र० बीच २०७५ जेठ ३ मा एकता भएपछि एमाले अस्तित्वमा नभएका बेला विराटनगर ६, मोरङ स्थायी घर रहेकी सन्ध्या तिवारीको अध्यक्षतामा सो दल दर्ताका लागि गत असार १६ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो । २१ सदस्यीय केन्द्रीय कार्य समिति रहेको सो दल निर्वाचन आयोगमा बुधबार दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सो दललाई तत्कालका लागि दर्ता प्रमाणपत्र प्रदान गरिएको छ । राजपत्रमा प्रकाशित भएपछि आधिकारिक प्रमाणपत्र पछि उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । यसअघिको नेकपा एमाले को निर्वाचन चिन्ह ‘सूर्य’ रहेको थियो । त्यो चुनाव चिन्ह नेकपाले लिएको छ । तर अहिलेको नेकपा ९एमाले० दलले ‘पहाडबाट उदाउँदै गरेको सूर्य’ निर्वाचन चिन्हका लागि आयोगमा पेश गरेको छ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेपछि सबै प्रक्रिया पुर्याएर आयोग बैठकले निर्णयअनुसार दल दर्ता गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभो ।

नेकपा सचिवालय बैठकमा दल दर्ताको विषयलाई लिएर टिकाटिप्पणी भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई एमाले दल दर्ता गर्न आदेश दिएको आरोप लगाउनुभएको थियो । अध्यक्ष प्रचण्डको सो आरोपपछि केही दिन नेकपाको स्थायी कमिटी बैठक नै प्रभावित हुन पुग्यो । अहिले नेकपाले साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गरेर समस्याको आन्तरिक समाधानको गृहकार्य गरिरहेको छ । कार्यदलका सदस्यहरू भूमिगतरुपमा गृहकार्यमा जुट्नुभएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्