आज छ जना कोरोना भाइरसका संक्रमितको मृत्यु पुष्टि, कुल मृतक संख्या १२६


काठमाडौं, ४ भाद्र । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय २६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज देशभर छ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको जनाएपछि उक्त संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चार पुरुष र दुई महिलाको संक्रमणबाट मृत्यु भएको जानकारी दिएको हो । मृत्यु हुनेहरुमा काठमाडौं र पर्साकाका एक एक महिला, मकवानपुर र सप्तरीका एक एक पुरुष र पर्साका दुई पुरुष छन् ।

आज थपिएका मृतकसहित देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ९६ पुरुष र ३० महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

मृतकको विवरण
१. काठमाडौंकी महिला । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
२. मकवानपुरका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
३. सप्तरीका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४. पर्साकी महिला । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५. पर्साका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
६. पर्साका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको