Logo

तीन करोड रुपैयाँ मुल्यको सुनको डल्ला भेट्ने भाग्यमानी



एजेन्सी, ५ भाद्र । दुई डल्ला सुन । साँढे तीन केजी तौलको यो सुनको मुल्य साँढे दुई लाख अमेरिकी डलर अर्थात् तीन करोड नेपाली रुपैयाँ पर्छ ।

दुई डल्ला सुन अष्ट्रेलियामा बहुमुल्य धातु खोज्ने यी व्यक्तिहरुले फेला पारेका हुन् । उनीहरुको नाम ब्रेन्ट सेनन र इथान वेष्ट हो । सुनको खानी रहेको क्षेत्र टारानगुल्लामा उनीहरुले सुनको डल्ला फेला पारेका हुन् ।

यी भाग्यमानीहरुले जमिन केही खनेको र मेटल डिटेक्टरको प्रयोग गरेर सुन पत्ता लगाएका थिए । उनीहरुले धातु रहेको पत्ता लगाएपछि खनेर सुन निकालेका थिए । दुवै सुनको तौल साँढे दुई केजी रहेको छ ।

यसअघि अष्ट्रेलियामै एक व्यक्तिले गत वर्ष झण्डै साँढे एक केजी तौलको सुनको डल्ला फेला पारेका थिए । अष्ट्रेलिया सुनको खानी रहेको स्थान हो । त्यहाँ मेटल डिटेक्टरबाट सुनको खोजी गर्नेहरु बढेका छन् ।-Photo Source: Discovery



प्रतिक्रिया दिनुहोस्