काठमाडौं, ५ भाद्र । नेपाली चलचित्रकी सदावहार नायिका करिश्मा मानन्धरले यसपटक घरमै तीज मनाएकी छिन् । उनले आज विहानै यो तस्बिर राखेर हरितालिका तीजको शुभकामना बाँडेकी छिन् ।
उनले सबैलाई स्वास्थ्यको ख्याल राख्न र परिवारसँग रमाउन आग्रह गरेकी छिन् ।
करिश्माले फेसबुकमा लेखेकी छिन्ः सम्पूर्ण नेपाली दिदिबहिनीहरु लाई हरितालिका तिजको मंगलमय शुभकामना ! परिस्थितिले गर्दा निश्चित परिधीभित्र बसेर मनाउनु पार्ने बाध्यता सृजना भयेको छ , आफ्नो परिवार संग रमाउनु होला , स्वस्थको ख्याल राख्नु होला




प्रतिक्रिया