आज ९ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि (विवरणसहित)


काठमाडौं, ६ भाद्र । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएकासहित कुल मृतकको संख्या एक सय ४६ पुगेको जानकारी दिए ।

आज मृत्यु हुनेहरुमा सुनसरीकी एक बालिका समेत छन् । सबैभन्दा बढी पर्सामा तीनजना पुरुषको मृत्यु पुष्टि भएको छ ।

मृत्यु हुनेमध्ये एक सय १४ पुरुष र ३२ महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

स्वास्थ्य प्रवक्ता डा. गौतमका अनुसार नेपालमा कुल संक्रमितमध्ये ०.५ प्रतिशतको मृत्यु भएको छ ।

मृतकको विवरण
१. सुनसरीकी छ वर्षीया बालिका । ६ भाद्रमा मृत्यु पुष्टि
२. सुनसरीका ६७ वर्षीय पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
३. पर्साका ६१ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
४. पर्साका ५८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
५. पर्साका ४८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
६. बाराका ५८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
७. सिराहाका ६८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
८. मकवानपुरका ५६ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
९. भक्तपुरका ७३ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि