Logo

लिपुलेकनजिकै क्षेप्यास्त्र तैनाथ गर्ने चीनको तयारी



लिपुलेक, ७ भाद्र । दुई देशको सीमा विवादलाई लिएर कैयौं ठाउँमा मुठभेडको स्थितिमा रहेको चीन र भारतबीच नेपालले आफ्नो भूमि दाबी गर्दै नक्सामा समेत सार्वजनिक गरिसकेको लिपुलेकमा थप विवाद उत्पन्न भएको छ ।

लिपुलेकमा चीनले क्षेप्यास्त्र तैनाथ क्षेत्रका रूपमा विकसित गर्ने तयारीमा आवश्यक संरचनाको निर्माणकार्य शुरु गरेको सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । हालै प्राप्त स्याटलाइट तस्वीरले पनि उक्त दाबीलाई बल मिलेको बताइएको छ । लिपुलेक त्यही इलाका हो जसलाई लिएर भारत र नेपालबीच विवाद उत्कर्षमा पुगेको छ ।

ओपन सोर्स इन्टेलिजेन्स डेट्रेस्फाले जारी गरेको स्याटलाइट तस्वीरमा लिपुलेकनजिकै ट्राइ जंक्सन क्षेत्रमा चीनले सैनिक तैनाथ गरेको मात्र नभई क्षेप्यास्त्र तैनाथका लागि निर्माणकार्यको तयारी पनि भइरहेको देखिएको बताइएको छ ।

डेट्रेस्फाका अनुसार यस इलाकामा सय किलोमिटर जियोइन्ट स्क्यानिङबाट पिपुल्स लिबरेसन आर्मी ९पीएलए०को गतिविधि थाहा भएको हो । यहाँ जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्रका लागि साइटको निर्माण मानसरोवर तालनजिकै भइरहेको छ ।

यहाँ चीनले सैनिक पनि तैनाथ गरिरहेको सञ्चारमाध्यमले जनाएका छन् । यहाँ सन् २०२० मेदेखि संरचना र आवासका लागि तयारी भइरहेको छ । लिपुलेक इलाका नेपाल, भारत र चीनको सीमाको संगमस्थल हो । चीनले लिपुलेकमा आफ्नो सेना तैनाथ गरेको विज्ञहरुले बताएका थिए । चीनले एक बटालियन अर्थात् १ हजारभन्दा धेरै सैनिक जवान लिपुलेकनजिकै तैनाथ गरेको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्