Logo

२०१९ मा मानवलाई ठुलो संकट आउने नास्त्रेदमसको चार सय वर्ष अघिको भविष्यवाणी



विश्व अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । विश्वका धेरै देशहरु कोरोना भाइरसका कारण संकटमा छन् । मानवतामाथि नै आएको संकटले विश्वमा त्रास छ । तर, यो संकट आउनेबारे धेरै अघि भविष्यवाणी भएको थियो ।

भविष्यको बारेमा लेख्ने फ्रान्सका नास्त्रेदमसले आज भन्दा ४ सय वर्ष पहिले संकट आउने भनेका थिए । आजसम्म उनका भविष्यवाणी धेरै जसो सहि साबित भएका छन् । सन् २०१९ मा संकट आउने भविष्यवाणी पनि सही निस्किएको छ ।

एडोल्फ हिटलरको उदय हुनु, परमाणु बम, द्धितिय विश्व युद्ध, डायनाको मुत्यृ र अन्य ९÷१० केहि घटनाहरु उनका साना र छोटा भविष्यवाणी थिए । जुन सत्य साबित भइसकेका छन् ।

उनले सन् २०१९ लाई कुनै पक्षबाट पनि राम्रो नहुने भविष्यवाणी गरेका थिए । सन् २०१९ सालमा मानिसहरुले कष्टको सामना गर्नुपर्ने बताएका थिए । उनकै किताब लेस प्रोप्रटिजमा २०१९ सालमा मानिसमा आउने समस्या २०४६ सालसम्म रहने बताएका छन् ।

नास्त्रेदमसले २०१९ मा नै तेश्रो विश्व युद्ध सुरु भएर ३० वर्षसम्म चल्ने उल्लेख गरेका छन् । वास्तवमा अहिले विश्वयुद्धकै अवस्था छ । उनले युरोपमा भयंकर ठुलो बाढी आउने, एक विनासकारी भुकम्प आउने भविष्यवाणी गरेका छन् ।  जुन अमेरिकाको क्यालिफोर्निया र भ्यानकुवर (क्यानाडा) बिचमा केन्द्रविन्दु हुने छ । यसको साथै मध्य पुर्व देशमा आतंकवाद र धार्मिक उग्रवाद पनि धेरै तिव्ररुपमा बढ्ने लेस प्रोप्रटिज किताबमार्फत भविष्यवाणी गरेका थिए । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्