एजेन्सी ८ भदौ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदी मेरिएन ट्रम्प बेरीले आफ्नो भाइ धोकेबाज र झुटा रहको बताएकी छन् । एक गोप्य रेकर्डिङमा पुुर्व संघीय न्यायाधीस समेत रहेकी मेरिएनले डोनाल्ड ट्रम्प धोकेबाजसँगै शिद्धान्त नै नभएको नेता रहेको बताएकी हुन्।
ट्रंपकी दिदीको यो टिप्पणी ट्रम्पकी भतीजी मैरी ट्रम्पले रिकर्ड गरेकी थिइन । मैरी ट्रम्पले पनि पछिल्लो महिना एक पुस्तक प्रकाशित गरेकी थिइन । जसमा राष्ट्रपति ट्रम्पको कड़ा आलोचना गरिएको थियो । गोप्य रुपमा गरिएको रिकर्डिङमा ट्रम्पकी दिदी मेरिएनले उसका बकवास ट्वीट र झुटबाट भगवान बचाओस् यो क्रुरता र धोकेवाजी हो भनेको सुन्न सकिन्छ ।
राष्टपति ट्रम्पकी भतीजी मैरी ट्रंपले भने कानुनी दाउपेचबाट बच्न आफुले गोप्य तरिकाले उक्त रिकर्डिङ गरेको बताइन् । राष्ट्रपति ट्रम्पले आफ्ना बारे दिदी मेरियनले गरेको रहस्योद्घाटन पछि प्रतिक्रिया दिएका छन् । ह्वाइट हाउसले जारी गरेको बयानमा हरेक दिन केहि न केहि भइरहन्छ । यसको कसले वास्ता गर्छ भनिएको छ ।-रेडियाएनआरएन




प्रतिक्रिया