ओली-दाहालले कार्यदलको प्रतिवेदनबारे छलफल गर्ने, भेटवार्ता अझै टुँगो लागेन


काठमाडौं, ८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल हुँदैछ । तर, भेटवार्ता भने अझै टुँगो लागेको छैन् । महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले पार्टीभित्रको आन्तरिक विवादको समाधानको लागि महत्वपूर्ण सुझाव समेटेर गत शनिबार अध्यक्षद्धयलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा केन्द्रित रहेर अध्यक्षद्धयबीच विस्तृतमा छलफल हुँदैछ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार अध्यक्षद्धय ओली र दाहालबीच भेटवार्ता भने तय भएको छैन् । उनले भने,’भेटवार्ता तय भएको छैन् । आज र भोलि नै भेटवार्ता हुने सम्भावना छैन् ।’ File Photo