एजेन्सी, ८ भदौ । सुन तस्करी मामलामा जाँच गरिरहेको भारतीय केन्द्रिय एजेन्सीले युएईबाट बिना उचित दस्तावेजका साथ कुटनितिक माध्यमबाट आएको पवित्र पुस्तकतीर ध्यान केन्द्रित गरेको छ । बिना कुनै औपचारिक प्रमाणको आधारमा कुटनितिक तहको माध्यमबाट ल्याइएको पवित्र पुस्तक ‘कुरान’ र अन्य तस्करी सामाग्रीहरुको विषयमा एजेन्सीका उच्च अधिकारीहरुले गत आइतबार जानकारी गराएका हुन् । यो निकै ठूलो घोटालाको रुपमा रहेको र यस विषमा जाँच भइरहेको अधिकारीहरुले स्पष्ट पारेका छन् ।
उक्त घोटालामा केरेलाका शिक्षामन्त्री के.टी जलिलको नाम निरन्तर मुछिरहेको छ । उनले आफ्नो क्षेत्र तिरुअनन्तपुरममा रमजानको महिनामा पवित्र पुस्तक कुरान बाडेको एजेन्सी अधिकारीहरुले जनाएका छन् । यसैविषमा केहीदिन अगाडी मन्त्रीले आफु्नो सामाजिक सञ्जालमार्फत युएईका विणिज्य दूतावासलाई अंकित गर्दै कन्साइनमेन्ट प्राप्त गरेको जनाएका थिए । उक्त घोटालामा स्वप्न सुरेशको नामसमेत मुछिएको छ । उनी सुन तस्करीको मुख्य नाइकेको रुपमा प्रख्यात छन् ।
बिना कुनै औपाचारिक प्रमाणको साथ कार्गो विमानले उक्त कन्साइनमेन्ट ल्याएको विषयले जाँच गर्न थप बल भेटिएको अधिकारीहरुले जनाएका छन् । यस्तो गम्भीर विषयमा विमानले समेत लापरवाही गरेको र उक्त विमानलाई समेत जाँच गरिने जनाएका छन् । कार्गो गरिएको विमानमा पवित्र पुस्तकबाहेक अन्य आवश्यक सामाग्रीसमेत आएको बुझिएको छ । स्रोत नखुलेको ठूलो मात्रामा भारत भित्रिएको कन्साइनमेन्टले निकै जटिल विषय बनाएको देखिन्छ । विमानसमेतलाई उक्त कन्साइनमेन्ट प्रति प्रश्न सोधिएको छ । तिरुअन्नतपुरमस्थित रहेको युएई वाण्ज्यि दूतावासले भन्सार कार्यलयका एजेन्टलाई आफ्नोतर्फ पारी कन्साइन्मेन्टलाई स्वीकृत गराएको थियो । उक्त एजेन्टलाई समेत प्रश्न गरिएको छ । मन्त्री जलिललाई एफसीआरए एक्टलाई उल्लंघन गरेको कारण उनलाई सोधपुछका लागी बोलाउन सकिने प्रावधान रहेको अधिकारीहरुले स्पष्ट पारेका छन् । उक्त अनुसन्धानको क्रममा कन्साइनमेन्ट बोक्ने लरी चालक र राज्यका अधिकारीलाई सोधपुछ गरिएको जनाइएको छ ।
मन्त्रीले आफू कुनै प्रकारका अनुसन्धानका लागि तयार रहेको आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्ट पारिसकेका छन् । एफसीआरए एक्त सलंघन गर्ने उच्च अधिकारीलाई गृछ मन्त्रीको स्वीकृती अनुसार मात्र कारवाही गरिने व्यवस्था गरेको छ । सुन तस्करी, ठूलो घोटालो एफसीआरए एक्ट अन्तरगन पर्दछ । अनुसन्धानको क्रममा स्वप्न सुरेश, सन्दिप नायर, सरिथ पि.एसलाई प्रहरीले हिरासतमा लिइसकेको छ । थप अुनसन्धान भइरहेको छ ।-Photo: Agency




प्रतिक्रिया