Logo

प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋण



भदौ ८, काठमाण्डौ । सोमबार नेपाल राष्ट्रबैँकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋणभार परेको छ । राष्ट्र बैंकको तथ्यांकले राष्ट्र ऋण ३५ दशमलब चार पाँच प्रतिशतले बढेको देखाएको हो । नेपालको राष्ट्र ऋण बढेर १४ खर्ब १९ अर्ब पुगेको छ ।

गत आर्थिक वर्ष २०७६–७७ मा कुल गार्हस्थ्य उत्पादनमा ऋणको हिस्सा बढेर ३७ दशमलब सात प्रतिशत पुगेको छ । सरकारले लिएको आन्तरिक र वाह्य ऋणलाई नेपालको कुल जनसंख्याले भाग गर्दा नेपालीको टाउको ४७ हजारभन्दा बढी ऋणको भार परेको हो । सरकारले गत आवमा १ खर्ब ९४ अर्ब ६४ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने ३४ अर्ब ४० करोड साँवा भुक्तानी गरेको छ । शोधनान्तर बचत २ खर्ब ८२ अर्ब ४१ करोड पुगेको जनाएको छ ।

मूल्यबृद्धि ६ प्रतिशतको लक्ष्यबाट केही बढेर ६ दशमलव १५ प्रतिशतमा उक्लिएको छ । विदेशबाट भित्रने रेमिट्यान्समा ० दशमलब ५ प्रतिशतको गिरावट आएर ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६ दशमलब ५ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीामा जानेको संख्या पनि गत वर्ष गिरावट आएको छ ।



प्रतिक्रिया दिनुहोस्