जापानी प्रधानमन्त्री अबेको स्वास्थ्यमा समस्या, सत्ता छाड्न नैतिक दबाब


एजेन्सी, ९ भाद्र । जापानका प्रधानमन्त्री सिन्जो अबे केही दिनको अन्तरालमा दुईपटक अस्पताल गए । अस्पताल गएलगत्तै जापानभर उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको छ । यतिसम्मकी उनको उत्तराधिकारीबारे समेत ध्यान खिचिएको छ ।

६५ वर्षीय प्रधानमन्त्रीलाई आन्द्रासम्बन्धी दीर्घरोग छ । उनलाई अल्सर भएको बताइन्छ । अबे अस्वस्थ भएको विषयलाई लिएर विपक्षीले प्रश्न उठाएका छन् । विपक्षीले प्रश्न उठाएपछि उनले यसै हप्ता पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिने भएका छन् ।

जापानमा सरकारमा रहनेको स्वास्थ्य ठिक हुनु अनिवार्य मानिन्छ । स्वास्थ्य ठिक नभए पदबाट रहन नैतिक दबाब बढ्छ । अबेमाथि स्वास्थ्यका कारणले सत्ता छाड्न नैतिक दबाब बढ्दै गएको छ ।-File Photo: Agency