काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्न सिफारिश


काठमाडौं, ९ भदौ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरु, मेयरहरुको आज बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप्न सिफारिश गरेको छ । यसअघि जारी गरिएको निषेधाज्ञा भदौ १० गते राति १२ बजे सकिँदैछ ।

काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमणको जोखिम बढेकोले निषेधाज्ञा लगाउनु परेको सिडिओहरुले बताउँदै आएका छन् । अहिले पनि संक्रमणको दर घटेको छैन् । उनीहरुले थप एक हप्ता निषेधाज्ञा लगाउनको लागि सिफारिश गरेको बुझिएको छ।

Photo/Mukunda Kalikote