काठमाडौं, ९ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा एक महिला र छ पुरुष छन् ।
आज थपिएका मृतकसहित कुल एक सय ६४ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । आज मृत्यु हुनेहरुमा काठमाडौंका तीनजना छन् ।
दैनिक मृतकको संख्या बढिरहेको छ । देशका विभिन्न स्थानमा निषेधाज्ञा र शिल्ड समेत गरिदा पनि संक्रमित संख्या बढ्ने र मृतक थपिने क्रम जारी छ ।
मृतकको विवरण
१. काठमाडौंकी ७१ वर्षीया महिला । ९ भाद्रमा मृत्यु पुष्टि
२. सिराहाका २२ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
३. पर्साका ६८ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
४. धनुषाका ७६ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
५. काठमाडौंका ७४ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
६. काठमाडौंका ७६ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
७. रुपन्देहीका ५३ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि




प्रतिक्रिया