एजेन्सी, ९ भाद्र । अफगानिस्तानकी पहिलो महिला फिल्म निर्देशक सबा साहारमाथि गोली प्रहार भएको छ । उनलाई आज सडकमै गोली प्रहार भएको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार साहार कामको सिलसिलामा यात्रा गरिरहेकी थिइन् । उनको कारमा बन्दुकधारीले गोली चलाएका थिए । उनका दुई अंगरक्षक पनि घाइते भएका छन् ।
कारमा पाँच जना सवार थिए । जसमा साहारसहित दुई अंरक्षक, चालक र बालक थिए । चालक र बालक सकुशल छन् ।
साहारका पति इमल जाकीले पत्नी घरबाट निस्किएको पाँच मिनेटमै गोलीको आवाज सुनिएको बताए । त्यसपछि उनले पत्नीलाई फोन गर्दा आफूलाई पेटमा गोली लागेको बताएकी थिइन् । उनको शल्यक्रिया गरी गोली निकालिएको बताइएको छ । निर्देशक साहार महिला अधिकारकर्मी पनि हुन् । उनी अफगानिस्तानमा लोकप्रीय छिन् ।-Photo Source: Agency




प्रतिक्रिया