अध्यक्ष धमलाद्धारा कोरोना संक्रमित साहको उपचारको लागि सहयोग रकम हस्तान्तरण


काठमाडौं, ९ भदौ । कन्ट्रिव्युसन फर नेपालले कोरोना संक्रमित विरामी नरितेश प्रसाद साहको उपचारमा सहयोगार्थ तीन लाख पचास हजार रुपैयाँ रकम आज प्रदान गरेको छ । संस्थाका अध्यक्ष अशोक धमलाले विरामीका छोरा ओमप्रकाश साहमार्फत उक्त रकम हस्तान्तरण गरेका हुन् ।
 
साह काठमाडौंको धापासीमा रहेको ग्राण्डी ईन्टरनेश्नल हस्पिटलको कोभिड वार्डमा उपचारार्थ छन् । स्थायी घर पर्सा, वीरगन्ज भएका साह ग्राण्डीमा पछिल्लो दश दिनदेखि उपचारार्थ छन् । उनको प्लाज्मा थेरापनीबाट उपचार गराईएको थियो ।
पर्साका चन्दन सिंहको नेतृत्वमा उक्त सहयोग रकम संकलन गरिएको थियो । कन्ट्रिव्युसन फर नेपालका अध्यक्ष धमलाका अनुसार अहिले विरामीको अवस्था सुधारोन्मुख छ । यसअघि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।