Logo

यो देश मेरो



सुनिल आचार्य ( चिन्तक )

तराई पहाड हिमाल मिलि देश बनेको छ
धोति टोपि बख्खु मिली भेष बनेको छ

देशको शिर हिमाल हो पहाड हो छाति
तराइ हाम्रो बाँकि अङ्ग सधैं मुटु माथि

तराई पहाड हिमालमा जस्लाइ दुखे पनि
पिडा समान हुन्छ हामिलाई जहा कुटे पनि

हिमालमा चिसो बडे पहाडले छेक्छ
तराईमा गर्मि बडे हिमालले देख्छ

हिमाल रोय आँखा बाट आँसु खसालेर
पहाडलाइ झारी दिन्छ सबै पखालेर

तराईको दील दुखे भोकै पारी दिन्छ
पहाडको पहाड फुटे सोकै पारी दिन्छ

मिलिजुलि बस्नु पर्छ हिमाल पहाड तराई
बोलि बचन समान गरौं समान गरौं हेराइ

तराई बिना पहाड अपुरो पहाड हिमाल बिना

हिमाल पहाड तराई मिलि बन्यो देशको चिना

देशको चिना जोगाउनि तपाई हाम्रो काम
दुनियामा राख्नु पर्छ देशको उच्च नाम



प्रतिक्रिया दिनुहोस्