Logo

शीतल निवासमा नयाँ सुरक्षा सल्लाहकार



काठमाडौं, भदौ १० । राष्ट्रपतिका सुरक्षा सल्लाहकार सेनाका अवकाशप्राप्त तीनतारे जर्नेल नेत्रबहादुर थापाले त्यहाँबाट पनि अवकाश पाएका छन् ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाका साक्खे दाइ हुन् । थापाको अवकाशपछि रिक्त पदमा यहि १५ गते अवकाश हुन लागेका दुई तारे जर्नेल राजेन्द्र कार्कीलाई लैजाने तयारी छ ।

म्याद र लेफ्टिनेन्ट जर्नेलको यौटा दरवन्दी नथपिने भएपछि कार्कीको अवकाश पक्का भएको हो । यसअघि एकतारे हुँदा उनी एक बर्ष शीतल निवासमा समेत खटिएर लुम्बिनी गएका थिए । पहिले पनि खटिएको नाताले अब अवकाशपछि उनलाई नै राष्ट्रपतिको सल्लाहकार बनाउन उपयुक्त हुने निश्कर्ष जङ्गी अड्डाले निकालेको बताइन्छ ।

मेजर जर्नेल रघु भण्डारीले पनि आगामी कात्तिकमा अवकाश पाउँदैछन् । उनलाई युनिफर्म लगाएरै राष्ट्रिय सेवा दलको जिम्मा लगाउने तयारी छ । सेवा दलबाट साठी बर्ष लागेर रमिन्द्र क्षेत्रले अवकाश पाएका छन् । हालका प्रधान सेनापतिको गुड बुकमा अनन्त कार्की र प्रेम शाहीको पनि नाम छ ।

उता,सेनापतिका सैनिक सचिव विनयबिक्रम राणालाई पश्चिम पृतना पोखराको पृतनापति वा खरिद हेर्ने बिभाग सम्भारको रथी बनाइने सम्भावना बढेको आजको जनआस्था साप्ताहिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्