एजेन्सी, १० भदौँ । मुखमैथुनको आनन्द लिन खोज्ने महिलाका लागि रोग निम्तिने खतरा उच्च रहेको पत्ता लागेको छ । मुखमैथुनको दौरान हुने गतिविधिले महिलाको योनीमा व्याक्टेरियाको संक्रमण हुने प्रवल सम्भावना देखिन सक्ने पीएलओएस जीवविज्ञानको अनुसन्धानले देखाएको हो ।
उक्त व्याक्टेरिया देखा परेको महिलामा कुनै प्रकारको लक्षण नदेखिने बुझिएको छ । तर, व्याक्टेरिया भएको महिलाको योनी र्दुगन्धित हुने गर्दछ । मुखमा पाउने ब्याक्टेरिया र महिलाको योनीमा पाउने ब्याक्टेरिया उस्तै भएको अन्वेषणले अनुमान गरेको छ । उक्त ब्याक्टेरिया घातक नरहेपनि यसले सरुवा रोगलाई निम्त्याउन सक्ने साथै मुत्र संक्रमणको अत्याधिक सम्भावना रहेको जनाइएको छ ।
गर्भवती महिलालाई बच्चा खस्ने उच्च खोखिम हुन सक्ने जनाइएको छ । महिलामा देखापरेको स्वयम महिलाले अनुभूति गर्न सक्ने छिन् । निरन्तर रुपमा गन्ध भइरहेको अवस्थामा व्याक्टेरिया भएको बुभ्mन सकिनेछ । यसलाई स्वाव परिक्षणले समेत पत्ता लगाउन सकिनेछ । परिक्षणको परिणाम पोजीटिभ देखिएमा एन्टीबायोटिम र अन्य क्रिमको मद्दतले परास्त गर्न सकिन्छ ।
अनुसन्धाकर्ताहरुले उक्त व्यनक्टेरिया राम्रो मानेका छन् । जसलाई ल्याक्टोबासिली भनिने गर्छ । व्याक्टेरियाले योनीलाई अम्लीय राख्न मद्दत गर्दछ । योनीको पि. एच भ्यालू समेत यसले कम गरिहरहेको हुन्छ । यो कुन कारणले योनीमा असर गर्छ भन्ने विषय अनुसन्धानको क्रममा रहेको छ । पीएलओएसले गरेको अनुसन्धानले उक्त व्यक्टेरिया मुखमा समेत देखिने जनाइएको छ । उक्त व्याक्टेरिया मुख मैथुनमा निम्तिने उच्च सम्भावना रहेको अनुसन्धानकर्ता डा. एमन्डा लुविसले जनाएकी छिन् । व्याक्टेरिया रहेको महिलामा अन्य शारीरीक रोग समेत निम्त्याउने छ ।




प्रतिक्रिया