उपत्यकामा भदौ १७ गते सम्म निषेधाज्ञा


काठमाडौं, भदौ १० । भदौ ३ गते मध्येराती देखि जारी रहेको उपत्यकाको निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय भएको छ ।

जारी निषेधाज्ञा आज (बुधबार) राती १२ बजे सकिने भएपछि काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले भदौ १७ सम्म निषेधाज्ञा लम्ब्याउने निणर्य गरेका छन् ।

कोरोना संक्रमितको दर दैनिक बढ्दै गएको भन्दै काठमाडौंका मेयरहरुको फोरमले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई मंगलबार निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।