Logo

“अशुभ ट्वन्टी ट्वन्टी”



बिनोद पोख्रेल :

कति निष्ठुरि रहेछ यो कोरोना

न त हिड डुल गर्नै दिन्छ

नत चाड पर्ब मनाउनै दिन्छ

न ईष्टमित्र आफन्तलाई नै चिन्छ

नत भद्र भलादमी नै मान्छ

नत पद प्रतिष्ठा बोकेकालाई देख्

नत सुन्दर पोषाक लगाएरै छेक्छ

नत धन सम्पत्ती हुनेलाई गन्छ

नत मन हुनेलाई भन्छ

यो त एक्काईसौ सताब्दिको

ट्वन्टी ट्वन्टी कालो बर्ष रहेछ

हेर्दा हेर्दै आधी बर्ष भन्दा बढि

कोरोना कोरोना भन्दै बितेर गएछ

देशहरुलाई बर्बादि पार्दैछ

लाखौ जनता मार्दैछ

करोडौ मान्छेलाई रोग सार्दैछ

कसैलाई काम गर्न नदिएर

बिश्वकै जनतालाई निरास पार्दैछ

निराश भएका मानब जाती 

कहिले होला यसको अन्त भन्दैछन

हरेक दिन औला भाचेर गन्दैछन

संक्रमणको छाललाई हेर्दै

खोपको आशामा एक मुठि सास फेर्दैछन

हरेक दिन साझ र बिहानका

टिंभी समाचारमा मृत्‍यका संख्या गन्दै

भय र त्रासका सासहरु फेर्दै

आफ्नै छाया देखि आफै डर मान्दै

आफ्नै अनुहारलाई छोपेर भए पनि

बाध्यताका दिन चर्या बिताउदै छन

अहिले कोरोनालाई परास्त गर्न

बिश्वकै बैज्ञानिक जागेका छन्

खोप तयार गर्न लागेका छन्

अर्बौ डलर अनुसन्धानमा हालेका छन्

सक्ने देशहरुले जनतालाई

घरमै बसि भत्ता दिएर पालेका छन्

कयौ देशका जनता

आधी पेट खाएर भए पनि बाचेका छन

कस्तो रहेँछ यो ट्वान्टी ट्वान्टी बर्ष

मर्ने र बाच्नेको दोसाधका बिच

चाढ पर्बहरुमा घर भित्रै बसि रमाएका !!

 

बिनोद पोख्रेल 

हाल टेक्सास 

अगस्त २१, २०२०



प्रतिक्रिया दिनुहोस्