काठमाडौं, १० भाद्र । काठमाडौं महानगरपालिकाको मेयरको टिकट पाउन तत्कालिन नेकपा एमालेबाट केशव स्थापित र विद्यासुन्दर शाक्यबीच कडा प्रतिष्पर्धा चलेको थियो । निकै लामो रस्साकस्सीपछि स्थापितलाई पछि हट्न लगाइयो र विद्यासुन्दरले टिकट पाए । चुनावमा केशव स्थापितले खुबै सहयोग गरे । जितेपछि काँधमा बोकेर उचाले ।
स्थापितले हिजो सामाजिक सञ्जालमा आफूले मेयर विद्यासुन्दरलाई बोकेको तस्बिर राखेका छन् । उनले १०१ योजना ल्याएर दिएको समेत सम्झाए । तर, मेयरले आफ्नो १०१ काम कुनैपनि नगरेको भन्दै सुन्य अंक दिने लेखेका छन् ।
उनले लेखेका छन्, मेयर असफल भयो भनेर निर्मम भएर भन्ने हो ।
पछिल्लो समय स्थापित प्रदेश सांसदमा सिमित छ । उनले मन्त्री भएको केही महिनामै राजीनामा दिएका थिए ।
स्थापितले फेसबुकमा लेखेका छन्ः ”विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो। १०१ योजना मैले ल्याएको हो। मैले दिएको १०१ काम गर्यो भने मेयर भयो। हुदैँ भएन । मेयर असफल भयो भनेर निर्मम भएर भन्ने हो। तपाईको मुल्यांकनमा १०० मा कति अंक दिनुहुन्छ मेयरलाई ? म १०० अंकमा ०० दिन्छु ।” Photo Source: FB Page Keshav Sthapit




प्रतिक्रिया