आज ११ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक संख्या १७५ पुग्यो


काठमाडौं, १० भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ११ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दुई महिला र नौं पुरुषको मृत्यु भएको हो । यो अहिलेसम्म एकै दिन दोस्रोपटक थपिएको सर्वाधिक मृतक संख्या हो । भदौमै यसअघि ११ जना मृतक संख्या थपिएका थिए ।

आज मृतक थपिएसँगै कुल मृत्यु हुनेको संख्या एक सय ७५ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये एक सय ३५ पुरुष र ४० महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् ।

मृतकहरुमध्ये महोत्तरीमा सबैभन्दा बढी तीनजना छन् । मोरङ र भक्तपुरमा महिला एक एकजनाको मृत्यु भएको छ । मृतकहरुमा कैलाली र बाराका दुई दुई पुरुष, बाँके र काठमाडौंका एक एक पुरुष छन् ।