Logo

रोग भन्दा बढी यहाँ …… (भिडिओसहित)



डा. बिष्णु मुर्ति भट्टराई

रोग भन्दा बढी यहाँ समाज पछि पर्छ हजुर
रोगलाई जित्ने पनि भोक सोकले मर्छ हजुर

अफ्टेरो मा रंग फेर्ने छिमेकि नि हुदा रैछन
मिलि जुली लडे मात्र यो बिपत टर्छ हजुर

आफ्नो कर्म आफ्नो धर्म भुल्नु हुदै हुन्न
एस्तो बेला लुट्ने,छल्ने नर्क तिरै झर्छ हजुर

आज मलाई भोलि तिम्लाई छुन्छ यो बिपत्तिले
मुटु माझ बस्छ उही जसले सहयोग गर्छ हजुर

नियम कानुन हाम्रै लागि बनाइदै छ
ख्याल ठट्टा गर्दै हिडे अवस्य नै सर्छ हजुर

(भिडिओ)

 



प्रतिक्रिया दिनुहोस्