Logo

रावणले सीतालाई अपहरण गरेर लगेर पनि किन स्पर्श गरेनन्



रामायणका हरेक घटना आज हाम्रो दिमागमा ताजा छन् । रामायाण हेरिसकेपछि सबैको मनमा एउटा प्रश्न आउछ । सीतालाई रावणले अपहरण गरेर लगे पनि किन स्पर्श गरेनन् । आज हामी तपाइँको मनमा उठेको प्रश्नको जवाफ दिने प्रयत्न गर्छौ ।

बाल्मिकी रामायाण अनुसार रावण धेरै ज्ञानी थिए । उनलाई सबै वेदको ज्ञान थियो । रावण भगवान शिवको पनि एक परम भक्त थिए । धेरै बलशाली रावण कुनै महिलाको इच्छा विरुद्ध महिलालाई स्पर्श गर्दैनथे । यसो गर्नुको कारण एक श्राप थियो ।

वास्तवमा एक पटक रावण कुबेरको शहर अलाका पुगेका थिए । अलाका पुगेर उनको नजर यस्तो राम्रो स्थानमा पर्र्योकी, जहाँ उनी रमाउन थाले । रावणले त्यहाँको मनोरम दृष्य देखेर मोहित भए र विस्तारै विस्तारै काम वासनाले उनलाई घेर्न लाग्यो । त्यत्तिबेला उनको नजर रम्भामा पर्न थाल्यो ।

रम्भाको सुन्दरता देखेर रावणले आफैलाई रोक्न सकेनन् । रावणले रम्भाको नजिक गएर आफ्नो यौन आकांक्षाबारे कुरा राखे तर रम्भा मानिनन् । रम्भा नमानेपछि उनले जबरजस्ती रम्भालाई समाते । रावणको यस्तो व्यवहार देखेर रम्भाले भनिन्, ‘ मलाई यसरी स्पर्श नगर, म तपाइँको ठुलो दाई कुबेरको छोरा नलकुबेरको लागि आरक्षित छु यसैले म तपाइँको बुहारी समान हुँ । ’

यति भन्दा पनि रावण रोकिएनन् र रम्भामाथि दुराचार गरे । यो कुरा नलकुबेरलाई थाहा भयो र क्रोधित हुँदै रावणलाई श्राप दिए र भने, ‘यदि कोही महिलालाई इच्छा विपरति स्पर्श गरेमा रावणको निधार सय टुक्रामा विभाजन हुनेछ ।’ यसकारण रावणले माता सीतालाई छोएनन् ।

अर्को कहानी अनुसार सीता वास्तवमा रावणकै छोरी थिइन् । मन्दोदरीको गर्भबाट सीताको जन्म भएको थियो । कसैले मन्दोदरीलाई उनै छोरीबाट रावणको मृत्यु हुन्छ भन्यो । यसकारण सीतालाई मन्दोदरीले नै कतै लगेर छाडेकी थिइन् । त्यसको केहि समयपछि राजा जनकले सीतालाई भेटेका थिए ।

रावणलाई थाहा थियो की धरतीमा मोक्ष दिलाउनको लागि माता सीता र राम अवतरित भएका छन् । उक्त समयमा नै सीतालाई अपहरण गरेका थिए । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्