Logo

होस् उड्ने रावणका यस्ता इच्छा



रामायण कालका सबैभन्दा खलनायक रावणको आज दुनियाँभर चर्चा भइरहन्छ । रावणमा सधै आफ्नो अंहकार थियो र उनका अंहकारलाई बाहिर निकाल्न चाहान्थे । र उनका केही इच्छा पनि थिए । आज हामी रावणका इच्छाहरुको बारेमा चर्चा गर्न जादँछौ ।

रावण एक कुशल राजनितीज्ञ, सेनापति र वास्तुकलका मर्मज्ञ हुनुको साथै ब्रहज्ञानी तथा धेरै विषयमा ज्ञान हासिल गरेका थिए । उनलाई मायाबी कला पनि आउथ्यो । रावणलाई इन्द्रजाल, तन्त्र, सम्मोहन र अनेक प्रकार जादुको पनि ज्ञान थियो । उनीसँग विशेष प्रकारको विमान पनि थियो, जसलाई आफ्नो लागि प्रयोग गर्थे । उनले आफुलाई सर्वोपरी सम्झेन्थे र यो दुनियालाई आफ्नो वशमा पार्न चाहान्थे ।

रावणमा अंहकार धेरै थियो उनले ईश्वर मानेपनि तीनै लोकमाथि शासन गर्न चाहेका थिए । उनले स्वर्गसम्म पुग्न सिढीको निर्माण गर्ने सपना देखेका थिए । रावण आफुमा भएको शक्तिको निकै घमण्ड थियो उनले आफुलाई सर्व शक्तिमान सम्झन्थे । यसैले आफ्नो शक्तिमा भरोसा गरेर जसलाई पनि युद्धमा चुनौति दिन्थे । उनले आफुलाई सर्वेसर्वा ठान्दा भगवान शिव, सहस्रबाहु, बाली आदीसँग युद्धमा पराजित भएका थिए ।

रावणमा आफ्नो तारिफ सुन्ने सबैभन्दा नराम्रो आदत थियो । उनले आफ्नो आलोचना गर्ने मानिसलाई कहिल्यै पनि माफ दिदैनथे । यसरी नै अगाडी बढ्दै गएकोले रावणले आफ्ना शुभचिन्तकहरु गुमाउदै गएका थिए । उनकै भाई विभिषण, नाना माल्यवन्त आदी ।



प्रतिक्रिया दिनुहोस्