Logo

कोरोनाले मानसिक रोगी बढे



सचिता बुढाथोकी : नेपालमा कोरोनाको संक्रमण तिव्र गतिमा फैलिएको छ । महामारीको रुपमा फैलिएको कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि देशमा निशेधाज्ञा जारी छ । यसरी यो भाइरस नियन्त्रण गर्नै सरकारले निशेधाज्ञा जारी गर्दा पनि दिनप्रतिदिन कोरोनाको विरामी ठुलो संखयामा बढीरहेका छन । भने अर्का तर्फ मृत्युदर पनि बढेको छ । कोरोनाकै कारण आम मानिसको रोजी रोटी गुमेको छ , विद्यार्थीहरुले पढ्न र शिक्षकलले पढाउन पाएका छैनन । भने सबै व्यापार व्यवसाय चौपट बनेको छ । It घरमा बसेको पनि ५ महिना पुरा भइसक्यो तर , कोरोना समात्त त के नियन्त्रण हुने छाँटकाट अझै देखिएको छैन । अझै घरमा कति दिन थुनिएर बस्नुपर्ने हो भन्ने चिन्ता र तनावले मानिसहरु निदाउन सकेका छैनन । जसका कारण यी मानिसहरुमा स्वाथ्य मानिसक समस्याहरु देखिन थालेका छन । सबै मानिस परिवारका साथमा बसेता पनि उनीहरुमा खुशी भने छैनन । लामोसमयम्म घरमा बस्नुपर्दा मानिसहरु मनमा अनेक कुराहरु बनेर बसेका छन । कोरोनाले मरिन्छ कि भन्ने त्रास त छनै , अझ आफनो पेशा , व्यवसाय , र भोलि भोकै बस्नुपर्ने हो कि भन्ने डर छ । भोक भोकै मर्नु पर्ने दिन नआओस भनेर कतियले सरकारसँग निशेधाज्ञा गर्नन आग्रह पनि गरेको छ । तर सरकार बाध्य छ , निशोधाज्ञा गर्न । यही निशेधाज्ञाका कारण आममानिसहरु मानसिक रोगी भएको वरिष्ठ मनोरोग विशेषज्ञ डा. सुरेन्द्र सेरचन बताउछन । डा. सेरचन भन्नुहुन्छ , अहिले कोरोानको कारण मानिसहरुमा डिप्रेसन जस्ता थुप्रै स्वाथ्य मानसिक समस्याहरु देखिएको छ ।

कोरोनाभाइरसका कारण मानिसहरु मानसिक रुपले झनै चिन्तित भएका छन् । यस्तो अवस्थामा मानसिक स्वास्थ्य सन्तुलन महत्वपूर्ण पक्ष हो । किनकी सम्पूर्ण पक्षलाई नराम्रोसँग गिजोलेको छ कोरोनाले जसको सिधा प्रभाव तनाव, सम्बन्ध र निर्णय लिने क्षमतामा परिरहेको छ । डिप्रेसन, चिन्ता, चिडचिडापन, डिसअर्डर जस्ता मानसिक समस्याले व्यक्तिको काम गर्ने क्षमतामा गम्भीर असर मात्र हैन आत्महत्या समेत गराउछ । कोरोनो कहरमा धेरै मानिसहरु मानसिक रोगी बनेका छन । तपाईको मनमा धेरै कुराहरु खेल्नु , मनमा शान्ती नुहुनु , चिन्ता , डर , त्रास , आत्तिनु , निद्रा नपर्नु शरिर थाक्नु , बर्बराउनु साथै तपाईको दैनिकीमा आउने स्वाथ्यसँगै मानसिक समस्याहरु देखिने गर्छन । तपाइको सोच , व्यवहार , विचार , भावना , कार्य सबैमा परिवर्तन आउन थाल्यो र तपाई मानसिक र शारीरीक रुपमा थाक्नुभयो भने तपाई कतै मानसिक रोगी त बन्नु भएन , हो हामीमा यस्ता समस्या देखिन थालेपछि समयमै मनोचिकित्स कहाँ परामर्श लिन जानुपर्छ ।मानसिक रोगको उपचार भनेकै परामर्श हो , त्यसैले मनोचिकित्सलाई भेटेर तपाईको मनको समस्या हल गर्न सक्नुहुन्छ ।

कोरोनाभाइरसलाई लिएर सतर्क हुनुहोस् । रोगको बारेमा जानकारी र सतर्कता अपनाउनुहोस तर नआत्तिनुहोस् । सम्पूर्ण समाचार भन्दापनि छानेर राम्रा र विश्वासनीय समाचार मात्र हेर्नुहोस् । जसले गर्दा हावादारी कुराले दिमागमा गलत प्रभाव पार्न सक्दैन ।

भावनात्मक स्वास्थ्यलाई ध्यानमा राख्नुहोस् । मानसिक रुपमा बलियो हुनुपर्दछ र मात्र तपाईं उत्कृष्ट निर्णय गर्न सक्नुहुन्छ । यसकैको कारण आफ्नो र परिवारको आवश्यकता र सुरक्षालाई लिएर प्रतिक्रिया दिन सक्नुहुन्छ । शरीरको ध्यान दिनुहोस् । दिमाग सँगसँगै शरीको ध्यान दिनु अपरिहार्य छ । घरमा धेरै बसेको हुनाले शारीरिक व्यायाम अपरिहार्य छ । सन्तुलित भोजन र नियमित व्यायामले शरीर फूर्तिलो बनाउँछ भने रोगसँग लड्ने क्षमताको पनि विकास गराउँछ । आफैँलाई खुसी राख्नुहोस् । धेरै घरमा बस्दा अनेकन कुराहरु मन र दिमागमा खेल्न सक्छ । यसको सकारात्मक यात्रा गराउनु पर्दछ । साना साना कुराहरुमा पनि खुसी खोज्न सके यो समस्या दुर हुन सक्छ । प्रविधिको प्रयोगबाट सम्बन्ध जोडिराख्नुस् । हामी सामाजिक प्राणी, सम्बन्धमा जीवन चलेको हुन्छ । यसकारण कोरोनाको कहरले भौतिक रुपमा टाढा हुँदा एक्लोपना अनुभूति नगर्नुहोस् प्रविधि (च्याट, भिडियो, फोन) को प्रयोगले जोडिएर तनाव कम गर्नुहोस् । यसले विचार, दैनिकी साझा गर्न सहयोग पुर्याउँछ र एक्लोपनाका समस्या भगाउँछ ।

यो कहरको समयमा तनावले उच्चगति लिँदा विश्वलगायत नेपालमा पनि आत्महत्याका घटनाहरुमा वृद्धि आएको छ । जीवनको अनुभवले कुनै व्यक्तिको आत्महत्याको जोखिमलाई कम गराउन सक्छ । हिंसा, दूर्व्यवहारजस्ता कुराहरुले आत्महत्यालाई बढाउँछ । यसका साथै आइसोलेशन, डिप्रेशन, चिन्ता, इमोशनल स्ट्रेश, इकोनोमिक प्रोब्लम्सले आत्महत्यालाई बढवा दिन्छ । यसकारण महामारीको समयमा यस्ता पक्षलाई कम गर्दै जीवन चलाउनुपर्ने कुरालाई महत्व दिनु अपरिहार्य छ । शारीरिक व्यायाम, तनावबाट जोगिन सन्तुलित भोजन, व्यस्त हुनु, खुसी हुने माध्यम खोज्नु, अनावश्यक समाचार नहेर्नुजस्ता कुराहरुलाई ध्यान दिनुपर्ने विज्ञ सुझाउँछन् ।

लेखक बुढाथोकी पत्रकार हुन् ।



प्रतिक्रिया दिनुहोस्