Logo

अल विदा राष्ट्रकवि घिमिरेज्यू !



कवियत्री गीतादेवी भेटुवाल गौतम : 

गयौ विदा भयौ आजदेखि हामीबाट
आफ्नी प्यारी संगिनी छोडेऊ
तिम्रो मुुटुभन्दा पनि प्यारी थिइन् यिनी ।
कसरी छोडी गयौ !?

थियो उनीमा सोह« श्रृंगार सबै बुच्चै हुँदा
चिम्लियौ दुबै नयन छपक्क गरेर ।
डाँको छोडेर रुँदा ।
सिउँदोको सौभाग्य गलाको त्यो पोते हातैका चुरा पनि ।
बिदा गर्यौ र कविज्युलाई बस्यौ अकेली बनी ।
पहिले चढायौ फुलैको त्यो माला
आफ्ना प्राण प्यारालाई ।

हेरिरह्यौ तिमीले एकोहोरो बनेर, छोड्यौ पछि सारालाई ।
फुकाल्यौ आफ्ना पुराना लुगा
च्यातेका होला लायौ ।
तिम्रो साथमा थिए कविज्यु
देखि एक्लै भयौ ।
घुमी घुमी चिताहाको वरिपरि पाउ ढोगी
बिदा दियौ ।

उनैको नासो छोरा छोरी बुहारी सबै लिई साथमा ।
तिमी घर फर्कियौ ।
तिम्रो जीवनको आतेस घडीमा दैव थिए साथमा ।
पारी खरानी बिदा गरी आयौ पशुपतिको तटहमा।
जोडी थियो साथमा सधै घरआँगन उज्यालो थियो ।
आज छैन सबै छ अध्याँरो झ्याप्पै निभे दियो ।
कसोगरी बस्यौ होला त्यो समयमा
नानाथरीका कुरा ।

तिम्रा खसम हजुरले सँगै लग्नुभयो ।
हातका चुरा सिन्दुर ।
लाएकी नौगेडी तिल्लरीहरू सबै
सौभाग्य साथमा हुँदा ।

रुँदै रुँदै पखालियो, सिउँदो कविज्यु बिदा हुँदा ।
जिवितै भईदिँदा साथैमा रहँदा खुशीका दिनहरू ।
त्यस्तो दिन फेरि आउँदैन जीवनमा ।
अरू कथा के भनुँ ?

मानिसको जुनी भएर यो जगतमा जन्मनु मर्न प¥यो ।
पापी छ यो माया बुझ्दैन मनले झन् झन् बढेर गयो ।
घरभित्र, बाहिर सबै छ अध्याँरो बोल्दैनन् तस्बिरहरू ।
भौतिक चोला रहेन उनीसँग यो फोटो हेरेर के गरुन् ।
उही छ स्वरूप उस्तै छ अनुहार टोलाई हेरी

वाक्य छैन कठै तस्वीरहरूमा डाँको छोडेर रुँदा ।

आशा गरेको होला कोठातिर कतै ।
हे¥यौ कि कुनाकानी !?
साझको पखमा बाटो हे¥यौ होला ।
आउछन् कि घर भनी !?
कति औडाहा भयो होला दिलमा गुँडको
जोडी नहुँदाखेरि !?
आफ्नो शिरको पती नहुँदा घरमा बस्यौं होला के गरी ।
न भयो जन्मदा सँगै जन्म न मर्दा सँगै जाने ।
दुई दिनको हाटमा सँगै रहँदा ।
कटकटी मुटु खाने ।
माया हो नबुझ्ने माया नै मुर्ख हो ।
झुट्टो लोभ्याईदिने ।
छुट्टाछुट्टै भाग्य रेखा कोरी दियो भावीले ।
सँगै जाँदा नहुने !?
कविज्युले टेकेको त्यो बाङ्गे लौरीे
काजो ठोकेको थियो ।

खाटका आडैमा थियो होला बिसाएको देखेर कस्तो भयो ।
पूरा शरिर थेगी दिने थियो त्यही लौरीको भरमा ।
उनका अमुल्य उपहारहरू सबै ।
सजिएका छन् घरमा ।

जुरेलीहरू थिए बगैँचामा च्वार्रचुर्र गरी
ठ्याक्क ठ्याक्क लौरो बज्दैन भ¥याङ्गमा
हेर्दा हुन छक्क परी ।
बाहिर, भित्र गर्ने सुस्तरी हिँड्ने ।
यता र उता हेरी ।

शुन्य छ त्यो घरआँगन सबै ।
छिमेकी वरिपरि ।
भेटघाट गर्ने कोठा थियो छुट्टै ।
बिहानको कफी चिया थियो ।
त्यो कोठा पनि त निस्तायो होला नि
तिमीले बिदा लिँदा ।

कवियत्री गौतम हाल क्यानवडामा बस्छिन् । 



प्रतिक्रिया दिनुहोस्