Logo

‘डोमेस्टिक टुरिजम’ लक्षित प्याकेज ल्याउन जरुरी



सचिता बुढाथोकी : कोरोना महामारीका कारण विश्वका पर्यटन क्षेत्र यतिवेला अस्तव्यस्त बनेको छ । करिव ५ महिना लामोसमयदेखी महमारीको रुपमा विश्वमा फैलिरहेको यो कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्र शिथिल बनेको छ । अहिले नेपालमा महामारीबाट पर्यटन क्षेत्र बढी प्रभावित बनेको छ । महामारीले ग्रसित बनेको पर्यटन क्षेत्रका गतिविधिहरु अहिले सुनसान नै छन । जसका कारण पर्यटकिय गतिविधिहरु यतिवेला ठप्प छन । पर्यटन क्षेत्रमा गरिएको लगानी डुब्ने चिन्ताले एकातिर पिरोली रहेको छ भने अर्का तर्फ यो पेशा नै संकटमा पर्ने हो कि भन्ने डर पर्यटन व्यवसायीमा देखिएको छ । अहिले मजदुरहरु घरमा छन , रोजीरोटी गुमेको आभास गरेका छन ।

चिन्ता र तनावमा उनीहरुको दिन वितिरहेको छ । घरभाडा , विजुली लगायत यावत समस्या देखिएको छ उनीहरुमा , जसका कारण के गर्ने भन्ने निर्णयमा पुग्न नसकेको व्यवसायीहरु बताउछन। सरकारले यस्तो विषम परिस्थितीमा साथ र गतिलो आश्वासन दिन सकेको छैन । हेर र पर्खको अवस्थामा यी पर्यटन व्यवसायी समय काटिरेका छन । यसैको सेरोफेरोमा विज्ञहरु बहमा उत्रिएका छन । पर्यटक विज्ञ शरद प्रधान भन्नुहुन्छ , अवको पर्यटकिय यात्रा भनेको डोमेस्टिक टुरिजमको प्रोमोशन नै हो । त्यसैले महामारी बीच डोमेस्टिक टुरिजमको विकास र प्रर्वद्धन गर्ने खालका अभ्यास हुज जरुरी छ ।

लकडाउनले शिथिल पारेको पर्यटन क्षेत्रको पुनर्उत्थान गर्ने पहिलो प्राथमितामा डोमेस्टिक टुरिजम नै भएको हुदा स्थानिय सरकारसँग सहकार्य गरी स्थायिन पर्यटकिय गन्तव्यहरुको खोजी गरी नयाँ नयाँ स्थलहरुको पहिचान गर्न सके आन्तरिक पर्यटकहरु आकर्षित गर्न सकिने विज्ञ प्रधान बताउनुहुन्छ । पर्यटनलाई अगाडि बढाउन होमेस्टिक टुरिजम नै प्रमुख रहेको विज्ञशरुको बुझाई छ । पर्यटकीय गतिविधि शुन्य भएपछि मुलुक जीडीपी अर्थात कुलग्रास्थ उत्पादनमा समेत धक्का लागेको छ । वल्र्ड ट्राभल एण्ड काउन्सिल २०१८ को रिपोर्ट अनुसार कुल जीडीपी पर्यटन क्षेत्रले ७.५५ योगदान दिएको छ । तसर्थ: कोरोनाले थला परेको पर्यटन क्षेत्रलाई आन्तरीक पर्यटकले नै उकास्ने हुदा सरकारले डोमेस्टिक टुरिजम लक्षित प्याकेज ल्याउन जरुरी छ ।

लेखिका बुढाथोकी पत्रकार हुन् । 



प्रतिक्रिया दिनुहोस्