Logo

अर्जुनले आफ्नै दाजु युधिष्ठिरलाई किन मार्न चाहे



महाभारतको बारेमा हामी सबैले सुनेकै छौ । धेरे रोचक भएकै कारण वर्तमान समयमा पनि मानिसहरु महाभारत पढ्ने र सुन्ने गर्छन् । आज पनि मानिसहरुसँग धेरै जिज्ञासा रहेका छन् । पाँच पाण्डवमा युधिष्ठिर सबै भन्दा जेठा हुन् । सबैले भाईहरुले ठुला दाईको इज्जत गर्थे । यति धेरै इज्जत गर्दा गर्दै पनि अर्जुनले आफ्नै दाजुलाई मार्ने सोच बनाए । आज हामी यसको कारणबारे जानकारी दिन्छौ ।

महाभारतको कर्ण पर्व अनुसार जब कर्ण कौरवका सेनापति थिए तब कर्ण र युधिष्ठिरबीच घमासान युद्ध भएको थियो । युद्धमा कर्णले युधिष्ठिरलाई घाइते बनाइदिएका थिए । घाइते युधिष्ठिर शिविरमा आराम गर्दै थिए, उक्त समयमा अर्जुन र कृष्ण उनलाई भेट्न पुगे ।

दुवैजना सँगै आउदा युधिष्ठिरलाई अर्जुनले कर्णको हत्या गरेर आफुलाई बताउन आएको सोचेका थिए तर त्यसो नभई कुरा अर्कै थियो । अर्जुनले कर्ण जिवित भएको कुरा दाजुलाई हाँसी हाँसी बताएपछि युधिष्ठिर क्रोधित भएर आफ्नो अस्त्र अरुलाई नै दे भन्न सम्म भ्याए ।

यता अर्जुनले प्रतिज्ञा गरेका थिए, कि जो कोहीले उनको शस्त्र अरुलाई दिनु भनेमा मारिदिने । आफ्नो प्रतिज्ञाको पालन गर्न अर्जुनले आफ्ना दाजु युधिष्ठिरलाई मार्नको लागि तलबार उठाए, तर श्रीकृष्णले तुरुन्तै रोके ।

भगवान श्रीकृष्णले अर्जुनलाई सम्झाउदै भने, ‘आफु भन्दा ठुलालाई अपशब्द बोलेमा उनको हत्या गरे बराबर हो ।’ श्रीकृष्णको सल्लाहअनुसार अर्जुनले युधिष्ठिरलाई धेरै अपशब्द बोलेका थिए । यसरी श्रीकृष्णले युधिष्ठिर र अर्जुन दुवैलाई सम्झाएर दुई भाईबीचको विवाद समाप्त गरिदिए । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्