आज पाँच प्रदेशमा बर्षाको सम्भावना


काठमाडौं, भदौ १६। हाल मनसुनको न्युन चापीय रेखा पुर्वी र मध्य भू-भागमा नेपाल नजिक रहेकाले आज देशको केही स्थानहमा मेघगर्जन र चट्याङ्ग सहितको बर्षाको सम्भावना रहेको छ ।

न्युन चापीय मनसुनका कारण प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केहि स्थानहरुमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली रहि धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।