Logo

यसैगरी बन्द जारी रहे व्यवसायीहरू पलायन हुन्छनः चेम्बर अध्यक्ष श्रेष्ठ



काठमाडौं, १६ भदौ। नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले लकडाउनका नाममा धेरै दिन बन्द जारी रहँदा अर्थतन्त्र संकुचन हुने र व्यवसायी पलायन हुने अवस्था आएको बताएका छन् । अध्यक्ष श्रेष्ठले लक डाउन नै सबै समस्याको समाधान नभएको धारणा राखे ।

‘सरकार त निषेधाज्ञा र लकडाउन नै समस्याको समाधान हो भने जस्तो गरी लागेको छ । हामीले ४–५ महीनाको लकडाउन हेर्यौं नि त खै त त्यसले कोरोना संक्रमण रोकेको ? सरकारले आफुलाई सजिलो मात्र हुनेगरी बन्दाबन्दि यसैगरी जारी राख्ने हो भने उद्योग व्यवसाय चौपट हुन्छन । त्यसले यसको विकल्प सोच्नु पर्यो भन्ने हाम्रो आग्रह हो, उनले भने ।

अध्यक्ष श्रेष्ठले सिमा नाकामा कडाई गर्नु पर्ने,यातायातका साधनहरु जोर विजोर प्रणालीमा चलाउने र पसलहरु पनि फरक फरक दिनफरक फरक खालको पसल खोल्न दिनु पर्ने सुझाव दिए ।

पसल खोल्नै नदिने अवस्था आउँदा व्यवसायिहरुमा नगद प्रवाहमा समस्या देखिएकोले पलायन हुने अवस्था आइरहेको समेत उहाँले बताए ।

चेम्बर अध्यक्ष श्रेष्ठसंग गरिएको कुराकानी तलको लिंकमा सुन्न सकिनेछ ।

रेडियो एनआरएन

 



प्रतिक्रिया दिनुहोस्