Logo

एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डको बुकक्लोज



काठमाडौँ, १७ भदौ। एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया म्युचुअल फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

यी दुबै फण्डहरुले भदौ २५ गते बुकक्लोज गर्ने भएका छन्। यस अनुसार भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया ग्रोथ फण्ड (NICGF) ले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई १२ प्रतिशत (कर सहित) र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड (NICBF) ले ८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।-मेरोलागानी/File photo



प्रतिक्रिया दिनुहोस्