Logo

रामले रावणलाई मारेपछि मन्दोदरीले के गरिन्



रामायणको कथा त हामी सबैले सुनेकै छौ । असत्य माथि सत्यको विजय कहानी आज पनि मानिसहरुले त्यसैलाई प्रेरणाको रुपमा लिदै आएका छन् । भगवान रामले रावणको बध गरे । यसरी उनले पापको सजाय दिएका थिए ।

रावण घमण्डी भएपनि उनकी पत्नी मन्दोदरी असल थिइन् । बारम्बार रावणलाई सम्झाउथिन् र रावणलाई गलत काम गर्नबाट रोक्न प्रयास गर्थिन् । तैपनि उनले मन्दोदरीको कुरा नसुनेर अगाडि बढ्थे ।

रावणले सीतालाई हरण गरेर लंका ल्याएका थिए, मन्दोदरीले रावणलाई फिर्ता लगिदिन आग्रह गरेकी थिइन् । धेरै सम्झाइन् तर रावणले उनको एउटा कुरा पनि सुनेनन् र त्यसको फल पनि भोग्न पर्यो ।

रावणको हत्यापछि मन्दोदरी युद्ध भुमिमा पुगिन् । उनले आफ्नो छोरा र पतिको शव देखेर धेरै दुखी भइन् । मन्दोदरी शोकमा डुबिन । उनी शोकमा हुँदा पनि रामले अझैपनि बलशाली रावणको विधवा र लंकाको महारानी हो तिमी भन्दै सम्झाएका थिए ।

मन्दोदरी लंकामा त फर्केर आइन तर उनले ति सबै घटना सजिलै भुल्न सक्ने स्थिती थिएन् । विक्षिप्त भएर उनले महलभित्र बसेर बाहिरी दुनियासँग सम्पर्क टुटाएकी थिइन् । यसक्रममा रावणका भाई विभिषणले लंकाका राजपाट सम्हालेका थिए ।

कयौ वर्षपछि मन्दोदरी महलबाट निस्किइन् । उनले आफुलाई केहि हदसम्म सम्हालेकी थिइन् । त्यसपछि राजनितिज्ञहरु र भगवान रामले मन्दोदरीलाई विभिषणसँग विवाह गर्ने सल्लाह दिए । सुरुमा नमानेपनि पछि विवाह स्विकार गरिन् । मन्दोदरी र विभिषण मिलेर साम्राज्य विस्तारमा लागे र राज्यलाई अगाडी बढाए । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्